गुल्मी रेसुङ्गामा पहिरो जाँदा सात घर विस्थापित, १५ घर जोखिममा

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका बेतुखर्कका १५ घर पहिरोको जोखिममा रहेका छन् ।त्यसमध्ये उच्च जोखिममा रहेका ७ घर परिवार बिस्थापित भएका छन् । पानी पर्ने क्रम जारी रहेकाले बाँकी परिवारलाई सतर्क गराइएको वडाध्यक्ष मोहनप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

गए रातिदेखिको अविरल वर्षाले तम्घास–नेटा सडक खण्डका साथै तम्घास खाम्सेपानी सडकको दुवै तर्फबाट बस्ती जोखिममा परेको छ । तम्घास–खाम्सेपानी सडक अन्तर्गत ओख्रेनीमा विगत पाँच वर्षदेखि पहिरो खसिरहेको छ ।

गुल्मीकै इस्मा गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा केहि घरहरु पहिरोका कारण जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी गराएका छन् ।

 

 
 
  
 

You may also like