लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना कोरोना आइसियुमा

बुटवल। लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना कोरोना संक्रमित आइसियुमा उपचारत भएको पाइएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डाक्टर विष्णु गौतमले अस्पतालमा रहेका १६ जना कोरोना संक्रमित मध्ये ७ जना आइसियुमा रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार आइसियुमा रहेका सबै संक्रमितहरु पुरुष हुन् । उनीहरु रुपन्देहीका २ जना, नवलपरासीका २ जना, दाङका एकजना, कपिलवस्तुका एकजना र पाल्पाका एकजना हुन् ।

उनीहरु मध्ये एकजनामा मधुमेहको समस्या भएकाले धेरै समयदेखि आइसियुमा रहेका छन् भने अन्य ६ जना संक्रमितहरुमा कोरोनाको कडा खालको लक्षण अर्थात निमोनिया देखिएको छ ।

 
 
  
 

You may also like