बुटवलमा पहिलो पटक एक हजार जनालाई उद्यमशीलता तालिम

बुटवल । बुटवलमा पहिलो पटक एक हजार जनालाई उद्यमशिलता तालिम हुने भएको छ । भि.आइ.पि गुरुप प्रा.ली र रोटार्याक्ट क्लब अफ बुटवल सिनर्जीको सहकार्यामा साउन ३२ गते उद्यमशीलता विकास कार्य सम्बन्धी तालिम हुन लागेको हो । यस तालिममा प्रमुख प्रशिक्षक डा.नबल पजियारले प्रशिक्षण गर्ने भएका छन ।
प्रदेश न.५ को अस्थायी राजधानी तथा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा उद्यमशीलता विकास कार्य सम्बन्धी तालिम हुने भएको छ । तालिममा देशभरीबाट करिब एक हजार भन्दा बढि व्यवसायी तथा उद्यमी महानुभावहरूलाई सहभागी गराउने उद्देश्य रहेको कार्यक्रमको संयोजक सुन्दर दर्जीले जानकारी दिए ।
उनले व्यवसायीहरूलाइ व्यवसायिक उद्यमशिलता तथा व्यावहारिक ज्ञानको बारेमा महत्त्वपूर्ण प्रशिक्षण दिनुका साथै युवाहरुलाई उद्दम तिर लाग्न र वैज्ञानिक तथा आधुनिक व्यवसाय कसरी र कहाँ सञ्चालन गर्न सकिन्छ भन्ने बारे पनि प्रशिक्षण दिने छन ।
भि.आइ.पि ग्रुपले बिगतमा पनि विभिन्न किसिमका रचनात्मक तथा सृजनात्मक कार्यक्रमका साथ साथै मोटिभेसनल सेमिनार आयोजना गरेको थियो ।

 
 
  
 

You may also like