२०७७ असार ४ गते बिहीबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । मनमा खुशी बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । बित्तीय संस्थाबाट सहयोग पनि पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर काम बन्ने छ । बित्तीय संस्थाबाट सहयोग पाइने छ । नयाँ कार्यको योजना बन्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अचल
सम्पति हात पर्ने योग छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शत्रु पक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । सन्तानबाट सहयोग मिल्ने छ । समाज सेवामा मन लाग्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहने छ । कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढाउने काम शुरू गर्न सकिने छ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । साहित्यिक क्षेत्रमा रूची पनि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
काम गर्ने हौसला मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाइने छ । नयाँ कार्यको थालनी हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like