क्वारेन्टिनमा बस्ने एक पुरुषले गरे आत्महत्या

अर्घाखाँची । क्वारेन्टिनमा बसेका अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ५ जुकेनाका एक जनाले आत्महत्या गरेका छन ।जुकेनाको हरि माविको क्वारेन्टिनमा बसेका ४५ वर्षिय देब बहादुर वि.कले गएराति आत्महत्या गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताउनुभयो ।
गत जेठ १० गते भारतबाट घर फर्किएका बि।क।को आरडिटी रिपोट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भए पनि रिपोर्ट भने आइनसकेको उहाले बताउनुभयो ।

गएराती क्वारेन्टिन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

 
 
  
 

You may also like