मुसिकोटमा ९४ जनामा आरडिटी पोजेटिभ,पिसिआर परिक्षणको लागि ३० जनाको स्वाब पठाइयो

हरि पाठक
गुल्मी।मुसिकोट नगरपालिका गुल्मीका ९ ओटै वडाका क्वारेन्टाइनमा रहेकामध्ये आइतबारसम्म ९ ओटै वटा वडाबाट ९४ जनामा आरडिटी पोजेटिभ देखिएको छ ।९ वटै वडाका क्वारेन्टाइनमा हालसम्म रहेका ८ सय भन्मदा बढी छन् तीमध्ये आइतबारसम्ममा ५ सय ३० जनामा गरिएको आरडिटी परिक्षणमा ९४ जना पोजेटिभ देखिएको नगरपालिकाले जनाएको हो।

नगरपालिकाले भारतका विभिन्न ठाउँबाट बन्दाबन्दीको प्रभावमा परेर मुसिकोट भित्रिएका ब्यक्तिहरूलाई नेपाल-भारतका भिबिन्न सिमा नाकाबाट स्वयं ब्यक्तिहरूकै भाडा खर्चमा सुरक्षित रूपमा उद्धार गर्दै नगरपालिका भित्रका वडामा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ।

भारतबाट आएर क्वारेनटिनमा बसेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई र्‍यापिट डाइग्नोष्टिक टेस्ट(आरडिटी) गर्दा उनिहरूमा पोजेटिभ देखिएको हो । उनीहरुमध्ये ८४ पुरूष र १० महिला रहेको नगरपालिका स्वास्थ्य प्रमुख ढाल बहादुर जि.सीले जानकारी दिनुभयो।

नगरपालिकामा आरडिटी परिक्षण गर्दा आइतबारसम्म पोजेटिभ देखिनेहरूमा वडा नं.१ बाट ७३ जनामा १० पोजेटिभ वडा नम्बर दुईमा ६७ जनामा ८ ,३ नं वडाका ७३ जनामा २४,वडा ४ का ८० जनामा १४,वडा ५ मा ३२जनामा ११ वडा ६ मा ५० जनामा ९, वडा ७ का ६३ जनामा ११ र वडा ८ का ७४ जनामा ६ जना र वडा न।९ मा १८ जनामा १ गरी ९४ जना पोजेटिभ देखिएको जनाइएको छ। क्वारेन्टिनमा बसेको१४ दिन अबधि पूरा भएकाको परिक्षण गरिने र आरडिटी पोजेटिभ देखिएका उनिहरू सबैको जिल्लाबाट स्वाब संकलनका लागि आबश्यक पर्ने भिटिएम किट लिएर पिसिआर परिक्षणका लागि स्वाब पठाउने स्वास्थ्य संयोजक जि।सीले जानकारी दिनुभयो।हालसम्म ३० जनाको स्वाब जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको र रिपोर्ट अझै नआएको स्वास्थ्य संयोजक जिसीले बताउनुभयो।

नगरपालिकाले आजसम्म ४०१ पुरूष र ३५ महिला गरी ५सय ३० जनाको आरडिटी परिक्षण गरेकोमा ९४ पोजेटिभ देखिएकाा ती मध्ये ३० जनाको बुधबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइसकेको छ।आरडिटी नेगेटिभ आएकाहरूमध्ये ३ सय ९१ पुरूष ३३ महिला गरि ४ सय २४ जना घरमा गई सुरक्षित होम क्वारेन्टाइन्टिनमा बस्नेगरी डिस्चार्ज भएका छन्।

 
 
  
 

You may also like