गुल्मी । गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । छत्रकोट गाउँपालिकाका ३८ वर्षका पुरुष , रुरुक्षेत्र गाउँपालिका ५ का २८ र ३५ बर्षका पुरुष, रेसुंगा नगरपालिकाका २८ र ३२ बर्षिय पुरुष, धुर्कोट गाउँपालिकाकी २० वषीया महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए । सत्यवती गाउँपालिकाका ४ जना पुरुषमा पनि आइतबार आज कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी आर्चायले जानकारी दिए । योसँगै जिल्लामा पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
यो भन्दा पहिला धुर्कोट गाउँपालिकाका २ जना रेसुंगा नगरपालिकाका १ जना, मदाने गाउँपालिकाका २ जना , चन्द्रकोट गाउँपालिकाका १ जना ,रुरुक्षेत्र गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। १७ जना कोरोना संक्रमितहरु मध्ये २ जना उपचारपछि निको भएर घर फर्किएका छन । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र मदाने गाउँपालिका ६ पुर्कोटदहका एकजना उपचार पछि निको भएर घर फर्किएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको उपचारको क्रममा र धुर्कोट गाउँपालिकाका ३६ वर्र्षीय परुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा शनिबार राती मृत्यु भएको हो ।