संविधान संशोधन पारित भएको खुशीयालीमा बुटवल लगायत देशभर दिप प्रजलन

बुटवल । नेपालको निशान छापमा नेपालको नयाँ नक्सा प्रयोग गर्ने संविधान संशोधन विधेयक प्रतिनिधिसभामा सर्वसम्मत पारित भएपछि देशभर खुशियाली संगै दिप प्रज्वलन गरिएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि बुटवल, काठमाडौं लगायत देशभर खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।बुटवलमा आयोजित खुशीयाली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दधिराम न्यौपाने र रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले सम्बोधन गरेका छन् ।

नेताहरुले सम्बोधनका क्रममा अब नयाँ नक्शालाई आधार बनाएर सरकारले भारतसँग छिटो वार्ता गर्नुपर्ने बताए । भारतले नेपालको अतिक्रमित जमिनबाट तत्काल आफ्ना सेना हटाउन पनि उनीहरुले माग गरे । राष्ट्रिय एकताको पहल गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको प्रशंशा गरे ।
यस्तै, काठमाडौंको माइतीघर मण्डला, पोखरा, नेपालगन्ज लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका छन् ।
मण्डलामा दिप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिए पछि पानी परेको कारण रोकिएको छ ।संसदमा रहेका सबै राजनीतिक दलहरुबीच राष्ट्रिय एकताको पक्षमा एकमत भएको भन्दै सर्वसाधारणहरुले खुशी व्यक्त गरेका हुन् ।

 
 
  
 

You may also like