गौहत्या प्रकरण बारे नेपाल सनातन धर्म संस्कृति संगठनको विशेष ध्यानाकर्षण

by समतल अनलाइन

काठमाडौं । सुर्खेतको कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत भेटिएको प्रति नेपाल सनातन धर्म संस्कृति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । धार्मिक संगठनको शुक्रबार जारी विज्ञप्तिमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय भएको उल्लेख गरिएको छ ।

धार्मिक संगठनका सचिवालय प्रमुख गिरीराज पुरूषका अनुसार नेपालगञ्जबाट दैलेखतर्फ लगिएको भनिएको गाई सुर्खेतको कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा मृत र केही गाइहरु घाइते अवस्थामा भेटिएका थिए ।

धार्मिक संगठनको प्रेस विज्ञप्तिमा “यस शंकास्पद घटनाको तत्काल छानविन गर्न तथा यदि नियतवश यो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न नेपाल सनातन धर्म संस्कृति संगठन जोडदार माग गरेको I अन्यथा सरकारका सबै निकायप्रति धार्मिक क्षेत्रको विश्वास नरहने र सदिऔं देखि पुजिंदै आएका गौवंशको यस्तो लापरवाही र अपमान जनक व्यवस्थापन र हत्या कुनै नेपालीहरुकै सन्तानद्धारा भएको खवरले सारा नेपालीको शिर झुकाएको उल्लेख छ । कुनै बाहाना बाजीमा अपराधी लुकाउने कार्य भएमा समग्र धार्मिक क्षेत्र आन्दोलित हुन बाध्य हुने बताईएको छ I

 
 
  
 

You may also like