नेपाल ज्योतिष परिषद्को नयाँ नेतृत्वको लागि गतिलो भिडन्त

by समतल अनलाइन

काठमाडौ । नेपाल ज्योतिष परिषद्को पाँचौ महाधिवेशन यहि भाद्र २३ र २४ गते नेपाल सांस्कृतिक संघको केन्द्रिय कार्यालय डिल्लिबजार काठमाडौमा हुने निश्चित भएको छ ।

नेपाल ज्योतिष परिषद्को विधानअनुसार ३१ सदस्य निर्वाचित गरि उक्त सदस्यहरुबाट अध्यक्ष निर्वाचित गराएर अन्य पदाधिकारीहरुलाई अध्यक्षले मनोनीत गर्ने व्यवस्था रहेको र ३१ सदस्यको लागि अझैसम्म १३५ भन्दा बढी ज्योतिषी गुरुहरुले उम्मेद्वारि दिने चर्चा चलिरहेको र अब परिषद्को नयाँ नेतृत्व निर्वाचनबाट आउने निश्चित भैसकेको छ ।

नेपाल ज्योतिष परिषद्ले स्थापना कालदेखी दुई दशक पार गर्दै आज सम्म ७ प्रादेशिक समिती , ७७ जिल्ला समिति , उपत्यका समिति र २५ विभागीय समितिमा क्रियाशिल रहि आफ्ना कार्यहरु अगाडि बढाइरहेको र यश पाँचौ केन्द्रिय महाधिवेशनमा देशभरबाट झन्डै ५०० भन्दा बढी केन्द्रिय पार्षद ज्योतिषीगुरुले मतदान गर्ने नेपाल ज्योतिष परिषद् केन्द्रिय समितिले जनाएको छ ।

महाधिवेशनको पुर्वसन्ध्या यहि भाद्र २२ गते बिहान १०:०० बजे होटल हार्दिक वागवजारमा अध्यक्ष मण्डलको बैठक बसि नेपाल ज्योतिष परिषद्को भावी कार्ययोजनाको मस्यौदा तयार गर्ने नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष एवम् अध्यक्ष मण्डलका अध्यक्ष डा. लोकराज पौडेलले जानकारी दिनुभएको छ ।

 
 
  
 

You may also like