लुम्विनी अञ्चलका पहिलो रक्तदाता मृगेन्द्र शेरचनको संरक्षकत्वमा बुटवलमा नियमित रक्तदाता तदर्श समिति गठन

नारायण वली
बुटवल ।रुपन्देहीमा केही वर्ष निस्क्रिय हुँदैै आएको नेपाल रक्तदाता संघ लाई पुन. सञ्चालन गर्नका लागि लुम्विनी अञ्चलका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनको संरक्षकत्वमा एक तदर्थ समिति गठन गरिएको छ ।आज बुटवलमा आयोजना गरिएको एक कार्यक्रमले उक्त तदर्थ समिति गठन गरेको हो । लुम्विनी अञ्चलका पहिलो रक्तदाता एंव समाजसेवी मृगेन्द्र कुमार शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा सक्रिय रुपमा नियमित रुपमा रक्तदान गर्दै आएका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

२०६१ सालमा बुटवलका एक समाजसेवी सरोज सिलवालको संयोजकत्वमा स्थापना गरिएको नेपाल रक्तदाता संघ २०६४ साल सम्म सक्रिय रुपमा सञ्चालन हुँदै आएको र उक्त संघका संयोजकको २०६४ साल भदौ २४ गते निधन भएपछि सो संघ हाल सम्म निस्क्रिय हुँदै आएको थियो ।

रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले तत्कालिन समयमा नियमित रक्तदाता संघ स्थापनाको स्थापना गर्नुभएका स्व. शिलवालले संघलाई छोटो समयमा निकै चलायमान वनाउन सफल भएको स्मरण गरिएको थियो ।

यस्तै संस्थाका संरक्षक तथा लुम्विनी अञ्चलका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नियमित रक्तदाता संघलाई पुन. सक्रिय वनाईएको छ । दया सिलवालको संयोजकत्वमा गठन गरिएको तदर्थ समितिमा सह–संयोजक लेखनाथ भण्डारी, सचिवमा महेश खनाल कोषाध्यक्षमा दीपक अधिकारी र सह सचिवमा मधु न्यौपाने चयन हुनु भएको छ ।

समितिको सदस्यहरुमा मन्जु गिरि प्रेम सुनार, भरत पुरी, राजु रसायली, भास्कर शाही, विष्णु भण्डारी रोशन अर्याल र सुरेन्द्र थापा चयन हुनु भएको छ । त्यस्तै कार्यक्रममा समाज सेवी तथा संघका सल्लाहकार विमल बहादुर शाक्य, सुुरेन्द शाक्य लगायतको उपस्थिती रहेको थियो ।

यसैविच संघका संरक्षक मृगेन्द्र कुमार शेरचनले संघलाई वलियो वनाउन आर्थि पक्षको खाँचो पर्ने भएकाले १ लाख १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

 
 
  
 

You may also like