सडक बनाउन माग गर्दै आफैं धर्नामा बसे गगन थापा

१४ भाद्र २०७६, शनिबार

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापा आफैं धर्नामा बसेका छन् ।

उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका हुन् ।

काठमाडौं ४ अन्र्तगत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छ । तर ठेक्का लागेको लामो समय भइसक्दा पनि सम्पन्न भएको छैन ।

पटकपटक ताकेता गर्दा पनि शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनीले काम सकेका छैन । तर सडक विभागले फेरि म्याद थप गरेपछि सांसद थापाको नेतृत्वमा उपभोक्ता र स्थानीय सरोकारवालाले सडक विभागमा धर्ना दिएका हुन् ।

कांग्रेस सांसद थापाले अझै आफूहरुको माग सुनुवाई नभए सडक विभाग र मन्त्रालयबिरुद्ध सुरु भएको सडक संघर्षलाई सिंहदरबार भित्र लैजाने चेतावनी दिए ।

करिव एक घन्टा धर्ना दिएपछि अहिले सांसद थापासहितका प्रतिनिधि र सडक विभागका अधिकारीहरु छलफलमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया