थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४,३६४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा भएको परीक्षणमा २८९ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । आज थपिएका संक्रमितमा २२ महिला र अन्य पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हालसम्म ७६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएको गौतमले बताए । ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार ७४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७२ हजार ८८० को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पीसीबार विधिबाट चार हजार ४१४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार ८२२ जनाको नमुना परीक्षण गरिएको छ ।

अहिले क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ जना बसेका छन् भने तीन हजार ६७५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

 
 
  
 

You may also like