मुसिकोटमा २६ जनाको आरडिटी पोजेटिभ,बुधबारदेखि पिसिआरको लागि स्वाब संकलन गरिने

१७२ जनाको आरडिटी परिक्षण,२७ जनाको पोजेटिभ,आरडिटी नेगेटिभ१४५ जना सुरक्षित होम क्वारेन्टाइनमा बस्ने गरि पठाइयो

हरि पाठक , गुल्मी।मुसिकोट नगरपालिका गुल्मीमा बुधवारदेखि आरडिटी पोजेटिभ देखिएकाहरुलाई पिसिआर परीक्षणका लागि स्वाव संकलन गर्ने भएको छ ।मंगलबार सम्ममा १७२ जनाको आरडिटी परिक्षण गरिएकोमा पोजेटिभ देखिएका २६ जनाको बुधबार पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिने भएको हो।

आरडिटी पोजिटिभ देखिएका २७ जनामध्ये १ जनाको स्वाब संकलन गरि पठाई सकिएको तर रिपोर्ट आउन बाँकि छ।आरडिटी पोजेटिभ देखिएकाहरूका लागि मंगलबारबादेखि स्वाब संकलन गरिने भनिए पनि जिल्लाबाट स्वाव सकंलनका लागि आवश्यक पर्ने भिटिएम किट नगरपालिकामा मंगलबार ढिलो आएकोले बुधबारदेखि नगरपालिकामै पिसिआर परिक्षणका लागि स्वाव सकंलन गरिने भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले क्वारेन्टाईनमा रहेका ब्यक्तिहरूको सम्बन्धित वडाका क्वारेन्टाइनमा पुगेर आरडिटी परिक्षण गर्ने गरेको छ।यसरी आरडिटी परिक्षणमा पोजेटिभ देखिएकाहरुको स्वाव सकंलन गरि पिसिआर परीक्षणका लागि भैरहवामा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउने नगर स्वास्थ्य संयोजक जिसीले बताउनुुुुुभयो।उहका अनुसार एक जनाको स्वाब पठाइसकिएको साथै पिसिआर परीक्षणमा पनि पोजेटिभ देखिएमा ब्यक्तिहरूको सम्पर्कमा रहेकाहरूको कन्ट्याक ट्रेसिङको काम गरिने र कोरोना परीक्षणको दायरा बढाईने समेत जनाउनुभयो । नगरपालिकाले सोमबार मात्रै नगरभित्र विभिन्न क्वारेन्टाइनमा बसेका २६ जनाको आरडिटी परीक्षण गरेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेकाहरुको आरडिटी परीक्षण गरिएको हो । २६ जनाको आरडिटी परिक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक जिसीले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ देखिएकाहरु वडा नं १ र ७ का रहेका छन् ।आरडिटी पोजेटिभ देखिएका तथा क्वारेन्टाईनमा बसीरहेकाहरूकाहरूको स्वाव सकंलन नगरपालिका भित्रका तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले नै गर्ने मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सयोंजक ढाल बहादुर जिसीले जानकारी दिनुुभयो । पछिल्लो समय भारतबाट आएकाहरु ७ सय ६७ जना नगरपालिका भित्रका ९ ओटै वडामा निर्माण विभिन्न क्वारेन्टाईनमा रहेका छन् भने ती मध्ये १४५ जना घर गई सुरक्षित रूपमा एकान्तबास अर्थात होम क्वारेनटाइनमा बस्नेगरी गइसकेका छन्।

त्यस्तै कोराना परीक्षणमा आरडिटी परिक्षण भरपर्दो नभएको भन्दै पछिल्लोसमय आम नागरिकले पिसिआर परिक्षणलाई जोड दिन माग गरिरहेका छन् र मुसिकोटमा पनि दायरालाई फराकिलो बढाउनका लागि नगरपालिकाले पिसिआर मेसिन खरिद गरेर भए पनि पिसिआर परिक्षण गरेर रिपोर्ट आएपछि मात्र क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाउन माग बढेको छ।यसैबीच मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले पिसिआरको माग पूरा गर्न नगरपालिकासँग बजेट भएको तर हाल योजना भने नभएको साथै जिल्लामा एक पिसिआर मेसिन खरिद गरि जिल्लामा ल्याव स्थापनाबारे जिल्लामा भने कुरा चलिरहेको बताउनुभयो।उहाले सबै जना एक जुट भई राजनिति भन्दा पनि नागरिकको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी यो संकट तथा कोभिड १९ महामारी बिरूद्धको लडाईमा रचनात्मक सुझाव र सहयोगमा एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो।उहाले जिल्ला भरको नीति ब्यबस्था भएअनुसार सक्दो काम गरिरहेको र ब्यबस्थापनमा जुटिरहेको र सक्दो प्रयास गरिरहेको उल्लेख गर्नुभयो।नगरप्रमुख सापकोटाले घरमा पठाउनुपूर्व ब्यक्तिहरूलाई सुरक्षित र सचेत भई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र स्वास्थ्य अबस्थामा केही समस्या भए तत्काल सम्बन्धित ब्यक्ति तथा ठाउँमा जानकारी गराउन र खानपानमा विशेष ध्यान दिई सरसरफाई उच्च आत्मबल बनाएर सुरक्षित बस्न विशेष आग्रह गरिएको बताउनुभयो।

 
 
  
 

You may also like