जिल्ला सदस्यमा गुरुङ ,पर्वतको काग्रेंस बलियो बनाउने अठोट ,

by समतल अनलाइन

पर्वत । नेपाली काग्रेंस पर्वत का नेता प्रवीण गुरुङ नेपाली काङ्ग्रेस पर्वत जिल्ला सदस्यमा मनोनीत भएका छन । नेपाली काग्रेंसका पर्वतका पाटी सभापति खिमप्रसाद भुसालले गुरुङलाई जिल्ला सदस्यमा मनोनीत गर्नुभएको हो । मनोनीत गुरुङ नेपाली काग्रेंस बिहादी गाउपालिकाका अध्यक्ष पदका उमेदवार हुन ।

पर्वतकै सफल व्यवसायी भनेर चिनिने नेपाली काग्रेंसका नेता गुरुङ सानै उमेर देखि ने बि सघं र तरुण दलको सगंठन गर्दै लामो समयदेखी नेपाली काग्रेंसमा आवद्ध छन । युवालाइ उधमी ब्यवसायी स्वरोजगार बनाउने देखि लिएर बिकासप्रेमी तथा समाजसेवीको नामले परिचित गुरुङ शुक्रवार जिल्ला कार्यसमितिमा मनोनीत भएका हुन ।

लामो समय देखि ने बि सघं,तरुण दल पर्वतको र बिहादी गाउपालिकाको पर्वतको प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्दै आएका गुरुङको क्रियाशीलता र जनता युवाहरुको चाहनालाइ बुझेर जिल्ला सदस्यमा नियुक्ति गरेको सभापति भुसालको को बुझाइ छ ।

गुरुङले नेपालि काग्रेंस पर्वतलाइ बलियो बनाउन देखि नेपाली काग्रेंसको नकारात्मक सस्कार परिवर्तन गर्न सक्ने सभापति भुसालको दाबी छ ।
त्यस्तै गुरुङ सगैं नेपाली काग्रेंस पर्वतका नेता राम पर्साइ र थमन सिहं थापा जिल्ला कार्यसमितिमा मनोनीत भएका छन ।

 
 
  
 

You may also like