सैनामैनामा थप १८ जनामा कोरोना संक्रमणको पुष्टि

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा बिहिबार थप १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा सैनामैनाका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको सैनामैनाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

संक्रमित मध्ये १ महिला हुन भने १७ जना पुरुष रहेको उँहाले बताउँनुभयो ।

संक्रमित महिला भने सैनामैना वडा नं. १ घर मै बस्दै आएकी हुन । बाँकी १७ जना संक्रमित भने भारतबाट सिधै बनकट्टामा रहेको कोरोना विशेष अस्पतालको क्वारेन्टाईनमा ल्याएर राखिएको हो । ति महिला दिर्घरागी भएको र स्वाव संकलन गरि प्रयोगशालामा पठाईएको थियो ।

महिला ९ महिना अघि भारतमा उपचारको लागि गएको र अहिले घरमै बसेर उपचार गर्दै आएको पाईएको छ ।

उनलाई कसरी संक्रमित भईन भन्ने बारेमा थप जानकारी लिने प्रयास भएको पन्थीले जानकारी दिनु भएको छ । उनको परिवारलाई क्वारेन्टाईन वा शिल गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । यो सँगै सैनामैनामा संक्रमित हुनको संख्या २४ पुगेको छ ।

 
 
  
 

You may also like