थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभरि कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र एक सय १३ जना संक्रमित थपिएका छन् ।

उनीहरूमध्ये एक सय आठ जना नारायण नगरपालिका र सात जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका सात जना छन् भने चन्द्रपुर माधवनारायण, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकरएक जना छन् । उनीहरू सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरू हुन् ।

यसैगरी बाँकेका ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका हुन् । उनीहरू १५ देखि ३५ वर्षका पुरुष हुन् ।

कपिलवस्तुमा २९ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १२ जना कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष हुन् । यस्तै, यशोधराको ओडरी मावि र जनता चेतना माविको क्वारेन्टिनमा रहेका १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये एक २६ वर्षीया महिला छन् भने ११ जना २१ देखि ४८ वर्षका पुरुष हुन् ।

दाङमा १५ जना संक्रमित थपिएका छन् । घोराही उपमहानगर तथा राजपुर, ब‌ंगलाचुली र बबई गाउँपालिकाका उनीहरूमध्ये एक २३ वर्षीया महिला हुन् भने अरू १६ देखि ३६ वर्षका पुरुष हुन्।

सप्तरीका १३ जनामा संक्रमण पुष्टि भएको छ। राजविराज, हनुमानगर कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ नगरपालिकाको क्वारेन्टिनमा रहेका उनीहरू १७ देखि ४८ वर्षका पुरुष हुन्।

बारामा १२ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ७ जना आदर्श कटुवाल हुन् । संक्रमितमध्ये एक ३० वर्षीया महिला हुन् भने अरू १३ देखि ३० वर्षका पुरुष छन् । यस्तै महानगढीमाई नगरपालिका, विश्रामपुर र सुवर्णपुर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक(एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापामा ५ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये भद्रपुरका तीन जना २६ देखि ५६ वर्ष तथा कचनाकवलका दुई जना १७ र २५ वर्षका पुरुष छन् ।

धनुषामा छ जना संक्रमित थपिएका छन्। उनीहरू जनकपुरका हुन् र संक्रमितमध्ये एक जना ३० वर्षीया महिला हुन् भने अरू ३३ देखि ३७ वर्ष उमेरका पुरुष छन् । महोत्तरीका भंगाह नगरपालिकाका ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरू १९ देखि ३६ वर्षका पुरुष हुन् । यस्तै सर्लाहीमा थप ३ जना संक्रमित भेटिएका छन् ।

डोटीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू दीपायल सिलगढी नगरपालिका र पूर्वचौकी गाउँपालिकाका हुन् । यस्तै खोटाङ हलेसीका ३ जनामा पनि संक्रमण देखिएको छ।

मोरङको सुन्दर हरैंचाका २४ वर्षीय पुरुष, पर्सा पोखरियाकी १५ वर्षीया किशोरी, सिन्धुलीको कमलामाई नगरपालिकाका २३ वर्षीय पुरुष तथा सुनसरी भोक्राहाको क्वारेन्टिनमा रहेका ताप्लेजुङका ३५ वर्षीय पुरुष र मोरङका ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । उनीहरूमध्ये १० जनाको मृत्यु भएको छ भने दुई सय ९० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 
 
  
 

You may also like