नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्दै जाँदा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि विस्तारै बढ्दै गएको छ ।

पछिल्लो जानकारी अनुसार शनिबार मृत्यु भएका दैलेखको दुल्लु ११ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबा बिहान मृत्यु भएकी बाजुराकी २ वर्षीया बालिकाको पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

सबैभन्दा चिन्ताको विषय त यो बनेको छ कि, जति पनि मृत्यु भएका छन्, सबैको मृत्यु पछि मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

 
 
  
 

You may also like