आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब रुपैयाँ

काठमाण्डौ।सरकारले आउँदो वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
यसमध्ये चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ ।
बजेट नेपालीको जीवन बचाउने, अर्थतन्त्रमा आशा देखाउने र समृद्धितर्फ केन्द्रित हुने अर्थ मन्त्री खतिवडाको भनाइ छ ।
आउँदो बजेटमा कृषि, शिक्षा, निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा उत्साहजनक रुपमा बजेट विनियोजन गरिएको सरकारले दाबी गरेको छ ।

 
 
  
 

You may also like