पौँदेली सम्पर्क समाजद्वारा वुटवलमा खान र पानी,तीन सयभन्दा बढी अलपत्र नागरिक मुसिकोटमा भित्रिए

पौँदी सेभ सोसाइटी जापानको उद्वार कार्यमा सहजीकरण गरिदिन वडा र नगरपालिकालाई पहल!

हरि पाठक
गुल्मी।भारतका विभिन्न स्थानबाट सुनौली नाका हुदै भोकभोकै नेपाल भित्रिएका मुसिकोटबासीहरुलाई गुल्मी पौँदेली सम्पर्क समाज रूपन्देहीले खाना र पानीको व्यवस्था गरेका छ ।

कोभिड-१९ अर्थात् बन्दाबन्दीका कारण भारतका विभिन्न स्थानमा रोजगार गर्दै आउनुभएका र महामारीको प्रभाबले रोजगारी बन्द भई भारतमा अलपत्र नागरिकलाई सिमा क्षेत्रबाट नगरपालिकाले उद्वार कार्य थालेसँगै बिहिवार नेपाल-भारत सिमा (सुनौली) नाकाबाट भित्रिएका मुसिकोटबासीहरूलाई मुसिकोट १ का मनकारी व्यक्तिहरुको उक्त संस्थाले केही मात्रमा भए पनि राहत होस भनि स्वस्र्फुत ढंगले खाना र पानीको व्यवस्था गरेको हो ।

गुल्मी पौँदेली सम्पर्क समाज रूपन्देहीका अध्यक्ष लिलाधर गौतम,सम्पर्क जमाजका उपाध्यक्ष चुडामणी पौडेल, कोषाध्यक्ष टोम बहादुर थापा,सचिव हरि पौडेल,सल्लाहकार भेष बहादुर थापा,समाजसेवी तथा संस्थाका प्रबक्ता एवम् सल्लाहकार प्रा.डा. बुद्ध बहादुर थापा,सल्लाहकार सदस्य आसा वस्नेत थापा लगायत समाजमा सक्रिया रूपमा क्रियाशिल,समाजसेवी,बुद्धिजीवीको उपस्थिति तथा सक्रियतामा बिहिवार ७० भन्दा बढी मुसिकोटका नागरिकहरुका लागि खाना र पानीको व्यवस्था गरिएको थियो ।

भैरहवा सुनौली नाकाबाट वुटवलको बसपार्कमा आएपछि खाना र पानीको ब्यबस्था भयो ,मुसिकोटमै जन्मिएर मुसिकोटकै माटोलाई सेवा गर्दै स्वस्र्फुत ढंगबाट मसिकोटका नागरिकलाई यो समाजिक संस्थाले देखाएको सकरात्ममक सेवा तथम सामाजिक सहयोग र सदभाव प्रकटप्रति भारतबाट भित्रिएका हरेक ती ब्यक्तिहरूले खुशी जागेको बताउदै संंस्थालाई धन्यवाद दिए।

मुसिकोटबासीलाई सेवाको अभियान जगाई आजदेखि नाकामार्फत उद्वार कार्य रहुञ्जेल जारी रहनेछ, नास्ता र पानी खुवाएर एक सामाजिक सदभावको अभियानले भारतबाट नेपाल प्रवेश गर्ने कोही पनि मुसिकोट १ का नागरिक भोको पेट अर्थात् पानी नै नपाएर वडाका क्वारेन्टाइनमा जानु पर्ने छैन भनेर यो एक सानो सामाजिक कार्य गर्न पाउँदा खुशी लागेको सम्पर्क समाजका अध्यक्ष लिलाधर गौतमले बताउनुभयो ।भारतबाट केही दिन अघि भित्रिएका मुसिकोटका ब्यक्तिहरूले पानी पनि खान नपाएको त्यो समस्या र कठिनलाई मध्येनजर गर्दै गुल्मी पौँदेली सम्पर्क समाजले बिहिवार भित्रिएकामध्ये मुसिकोटका ७३ जना व्यक्तिलाई खाना र पानी बितरण गरेको छ।

त्यस्तै आफ्नो स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय रूपमा क्रियाशिल रहदै आएको संस्था पौँदी सेभ सोसाइटी जापानले अलपत्र मुसिकोटबासीलाई उद्वार कार्यको सहजीकरण गरेको छ। पौदी सेभ सोसाइटीका अध्यक्ष सन्तोस गिरी,सुर्य बशादुर खाती,कोषाध्यक्ष ,मुलसमिति सदस्य तथा बिदेशी बिभागीय प्रमुख कृष्ण खत्री,जापानका कोषाध्यक्ष,चुरा बहादुर खाती, सोसाइटी जापानका अध्यक्ष धनिश्वर अर्याल,सचिव टोपनारायण पोख्रल र नारायण गौतम लगायत समाजसेवी ब्यक्तित्वहरूको विशेष पहलमा भारतबाट ती मुसिकोटका नागरिकहरूलाई उद्वारको सहजीकरण गर्नुभएको थियो।ती भारतमा अलपत्र मुसिकोट नागरिकलाई विभिन्न निकायहरूमा सहजीकरण गरि सुरक्षितरूपमा नगरपालिकामा पुर्‍याउन उद्वारका कार्य गर्दै आईरहेको छ र लकडानको प्रभावले रोजगार गुमेर समस्या परेको वा अन्य विभिन्न कारणले स्वदेश फर्कन चाहने ब्यक्तिहरूलाई उद्वार कार्यमा निरन्तर सहयोग गर्दै आउने र उनिहरूलाई सहज वातावरण सिर्जना गरिरहने पौँदी सेभ सोसाइटी जापानले जनाएको छ।उक्त संस्थाले पौँदी गुल्मेली सम्पर्क समाजलाई खाना पानी को ब्यबस्था गर्न र नगरपालिका वडाहरूमा समन्वय गरी उद्वारमा सहजीकरण गरिदिन आग्रह गरेको हो। साथै संस्थाले समन्वय र सहजिकरण गरिदिने सम्पूर्णमा धन्यवाद दिएको छ।

लकडाउनको प्रभावले भारतमा अल्पत्र मुसिकोटबासीलाई नेपाल-भारतको विभिन्न सिमा नाकाबाट आउने ती ब्यक्तिलाई मुसिकोट नगरपालिकाले विभिन्न निकायसंग समन्वय र परामर्श गरी भारत तथा नाकाबाट स्वयं ब्यक्तिहरूको खर्चमा सिधै नगरपालिकाभित्रका क्वारेन्टाइनमा सुरक्षित ल्याउनेगरी नाकासम्म सबारीसाधन ब्यबस्थापन गरिदिएर निरन्तर उद्वारको कार्य गरिरहेको मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो।

मुसिकोटमा भारतबाट आई क्वारेन्टाइनमा बसेकाको संख्या २०८ रहेको छ भने आज (बिहिबार) मात्रै सुनौली नाका भएर १ सय भन्दा बढी मुसिकोट भित्रिएका छन् भने अझै भित्रनेक्रम जारी रहेको छ।भारतबाट आएका मुसिकोटबासीलाई सामाजिक अभियान अन्तर्गत खाना र पानीको व्यवस्था गरिएको हो।पछिल्लो समय भारतका बिभिन्न रोजगारीको शिलशिलामा रही कोभिड-१९ को महामारीबाट बिश्वनै त्रसित र संकटमा परिरहेको समयमा जोखिम न्युनिकरण गर्न भन्दै विभिन्न देशले जारी गरेको लकडानले भारतमा रोजगारी गर्दै आउनुभएका मुसिकोटबासी पनि यसबाट प्रत्यक्ष प्रभाव परी रोजगार टुटेको,थोरै थोरै काम भए पनि तलव नपाएको एक छाक खाना खान मात्र पाएको,कतिपयको काम बन्द भई खानबस्न कठिनाई हुनुका साथै कोठा भाडा समेत पनि तिर्न समस्या परेपछि मुुसिकोट नगरपालिकाले ती नागरिकलाई नेपाल-भारत सिमा नाकाबाट सुरक्षित स्वदेश फिर्ता गरि सिधै क्वारेन्टाइनमा लैजाने गरि योजना बनाएपछि घर फर्कनेको लहर बढ्न थालेको हो।यही समयमा यात्रा गर्ने सबारी चालक,भारतबाट भित्रने ब्यक्तिहरूलाई बाटोमा पानी समेत खान नदिने समस्याका कारण भोक र तिर्खाले कठिनाईपूर्ण यात्रा गर्नुपरेको गुनासो बढ्न थालेको छ।स्वदेश भित्रनेक्रम बढेसंगै गुल्मीमा पनि हजारौँको संख्यमा ब्यक्तिहरू भित्ररहेका छन्।योसँगै स्थानीय सरकारलाई क्वारेन्टाइन निर्माण, जोखिमलाई न्युनिकरण र परिक्षणको दायरा बढाउन लगायत ब्यबस्थापनमा समेत थप चुनौती बढेको छ।

 
 
  
 

You may also like