दुई पत्रकारसहित पर्साका ४३ जना कोरोनालाई जित्दै घर फर्किए

पर्सा। नेपालमा कोरोना संक्रमित थपिने क्रमसँगै केहि दिनयता ठूलो संख्यामा कोरोना संक्रमित निको हुँदै घर फर्किइरहेका छन् ।

आज (सोमबार) वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोनालाई जित्दै दुई पत्रकारसहित ४३ जना डिस्चार्ज भएका घर फर्किएका छन् ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए । गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।

 
 
  
 

You may also like