वातावरण संरक्षण सम्वन्धि विधेयक पारित

बुटवल । प्रदेश सभाकाे कृषि वन तथा वतावरण समितिले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मिति २०७७|०२|१२ गते बसेकाे संसदीय समितिकाे बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

विधेयक माथि संशाेधनकर्ता प्रदेश सभा सदस्य माननीय दिपा वि.क. र उद्योग, पर्यटन,बन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेको उपस्थितिमा आज बसेकाे समितिकाे बैठकले विधेयकमाथि दफावार छलफल पछि केही बुँदा संशाेधन सहित पारित भएको हाे ।

विधेयक माथी ब्यापक छलफल र विश्लेषण सहित आवश्यक तथा उचित सुझावलाई ग्रहण गरी विधेयकमा केही बुँदामा संशाेधन सहित तयार गरिएको विधेयक सर्वसम्मतिले पारित गरेको समितिका सचिव आलाेक अग्रहरीले जानकारी दिए ।

समितिका सभापति माननीय बिजय बहादुर यादवको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य रहेका प्रदेश सभा सदस्यहरू मा.चेतनारायण आचार्य,मा. कृष्णध्वज खड्का,मा.दिपेन्द्र कुमार पुन मगर,मा.कमलराज श्रेष्ठ,मा.कविराम थारू र का.धमकलि चाैधरीले विधेयकमाथिकाे छलफलमा आ-आफ्नो राय सुझाव दिएका थिए ।
समिति बाट पारित भएको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय समेत बैठकले गरेकाे छ ।

 
 
  
 

You may also like