विश्वभर कोरोनाबाट दुई लाख ७० हजारको मृत्यु, १३ लाख ४० हजार ६०१ जना निको

  • विश्वभर एकै दिन थपिए ९५ हजार भन्दा धेरै नयाँ संक्रमित

काठमाडौंं। विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७० हजार नाघेको छ ।

आज (शुक्रबार) विहानसम्ममा विश्वभर कोरोना संक्रमणबाट दुई लाख ७० हजार ३९४ हजारको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर पाँच हजार ५५७ जनाको ज्यान गएको छ ।

हालसम्म संक्रमितको संख्या ३९ लाख १२ हजार ४२५ पुगेको छ । बिहीबार एकै दिन विश्वभर ९५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये अहिलेसम्म १३ लाख ४० हजार ६०१ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये २३ लाख एक हजार ४३० जना उपचारको क्रममा छन् । त्यसमध्ये ४८ हजार ९४८ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई हजार १०९ जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म मृतकको संख्या ७६ हजार ९०८ पुगेको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ । बिहीबार मात्रै अमेरिकामा २९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यस्तै ब्राजिलमा बिहीबार ६ सय जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतको संख्या ९ हजार नाघेको छ ।

बेलायतमा बिहीबार कोरोना संक्रमणबाट ५३९ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २१३, इटालीमा २७४, फ्रान्समा १७८, क्यानाडामा १७६, जर्मनीमा ११७, मेक्सिकोमा १९७, रसियामा ८८, टर्कीमा ५७, इरानमा ६८, पेरुमा ९४, बेल्जियममा ७६, नेदरल्याण्डमा ८४, स्वीडेनमा ९९, पाकिस्तानमा ४१ जनाले ल्यान गुमाएका छन् ।

अहिलेसम्म संक्रमणबाट बेलायतमा ३० हजार ६१५ जनाले ज्यान गुमाएका छन् भने इटालीमा २९ हजार ९५८, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ९८७ जनाको मृत्यु भइसकेको छ ।
छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०४ जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या एक हजार ८८९ पुगेको छ ।

हालसम्म भारतमा ५६ हजार ३५१ जना संक्रमित भएका छन् । बिहीबार एकै दिन त्यहाँ ती हजार ३६४ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार त्यहाँ ९२ जनाको मृत्यु भएको थियो भने तीन हजार ५८७ जना नयाँ संक्रमित थपिएका थिए ।

 
 
  
 

You may also like