पश्चिम नेपाल बस व्यवसायीद्धारा गुल्मीका पहिरो पिडितको लागि राहत हस्तान्तरण

by समतल अनलाइन

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले गुल्मीको ठुलोलुम्पेकमा पहिरो बाट विस्थापित भएकाहरुलाई राहत हस्तान्तरण गरेको छ ।

प्रा.लिले आज सामाजिक विकास मन्त्रालयमा कार्यक्रमको आयोजना गरी सामाजिक विकास मन्त्री सुदर्शन बराललाई राहात सामाग्री हस्तान्तरण गरेको हो ।

ठुलोलुम्पेकको वडा नं. ३ र ४ मा गएको पहिरो बाट विस्थापित भएकाहरुलाई सामाजिक उत्तरदायित्व अनुसार पाँच लिटरका २ सय कुक्करहरु हस्तान्तरण गरिएको प्रा.लिका अध्यक्ष दधिराम खरेलले बताए ।

उनले महाभुकम्पको समयमा समेत लाखौ रुपैया सहयोग गरेको उल्लेख गर्दै यातायात व्यवसायी सेवा मुलक व्यवसायी भएकाले राहत हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले ठुलोलुम्पेकमा गएको पहिरो बाट घरविहिनहरुलाई आवास प्रदेश सरकारले बनाउने बताए ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारी सामु पुर्ण र आशिक घरविहिनहरुको तथ्याङ निकालेर घर बनाउने उनले बताए । अहिले प्रदेश सरकारले लागत स्टीमेट तयार गर्दै गरेको उनले बताए ।

 
 
  
 

You may also like