तिनाउ नदी किनारमा युवती मृत अवस्थामा फेला

पाल्पा । तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउ खोलाको ड्याम साइडमा एक जना युवती शुक्रबार दिउँशो मृत अवस्थामा फेला परेकी छिन् । रुपन्देही जिल्ला शुद्दोदन गाउँपालिका वडा नं. ४ की २३ वर्षिय सिर्जना खनाल तिनाउ खोलाको ड्यामसाइडमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

ती युवतीको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अझैँ थाहा हुन सकेको छैन । प्रहरीले मृतकको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिनुभएको छ ।

 
 
  
 

You may also like