74
बुटवल । नेपालमा आज (शुक्रबार) थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज नयाँ पुष्टि भएकामध्ये एक जना रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमित हुनेको संख्या ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘उहाँहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमारले भने ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्सेर राणाका अनुसार क्वारेन्टाइनमा रहेका उनीहरुको स्वाव संकलन गरी बिहीबार भेरी अञ्चल अस्पतालमा पीसीआर परीक्षण गर्न पठाइएको थियो । संक्रमितमध्ये हालसम्म १६ जना निको भई आआफ्नो घर फर्किसकेका छन् ।