” विस्व अहिले भाछ त्रसित ” बोलको जनचेतना मुलक गित सार्वजनिक

बुटवल । संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको बारेमा जनचेतनामुलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ । ‘कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले उक्त गीत यूट्युवमार्फत सार्वजनिक गरेको हो ।

दोलखामा जन्मिएका र सानै देखि विभिन्न बिधामा कलम चलाउदै आएका पुर्व पत्रकारसमेत रहेका हेमन्त आचार्यले शब्द सिर्जना गरेका छन गीतमा भने उनले पहिलो पटक कलम चलाएका हुन ।उक्त गीतमा ईन्द्र जि.सी र लक्ष्मी आचार्यले स्वर दिएका छन् । गीतको परिकल्पना भने लोक गायक तथा सर्जक रामप्रसाद बस्यालले गरेका हुन् । कोरोनाको सन्त्रासका कारण आत्रा संसार लकडाउनमा रहेको बेलामा विदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीबीचको वार्तालापलाई गीतमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । उक्त गीतमा गायिकाले गितलाई भन्दा आफनो टाटुलाई बढी महत्व दिएको देख्न सकिन्छ । गीतमा पीडा को महशुस भन्दा गायीका आफनो टाटुको प्रदर्शनमा देखिन्छिन । कामको शिलशिलामा हाल साउदी अरेवियामा रहेका सर्जग आचार्यले लकडाउनकै समयमा गीत रचना गरेको बताए । हेमन्त भन्छन गीत त धेरै लेख्ने प्रयास गरे तर औपचारिक रुपमा प्रस्तुत गरिएको गीत यो मेरो पहिलो हो। उनी भन्छन अब आगामी दिनमा समय सान्दर्भिक गीत हरु लिएर आउने छु ।

अप्रिल १५ मा प्रिमियर गरिएको गीत देश तथा बिदेश मा बस्ने हजारौ नेपाली ले हेरेका छन् । कोरोना भाइरसको सन्त्रासमा रहेका नेपालीलाई गीतले सकरात्मक सन्देशका साथै नयाँ उर्जा भर्ने टी–टाइम म्युजिकको विश्वास छ । गीत बजाएर आफ्नो घर वा कोठामा मज्जाले नाचेर तनाव कम गर्न सकिने दाबी म्युजिक कम्पनीको छ । मार्मिक र पीडाभावले भरिएको गीतलाई रोमाञ्चक कोणबाट प्रस्तुत गरिएकोले सेल्फ क्वारेनटाइनमा बसेका करोडौँ दर्शक तथा स्रोताको मन जित्ने कम्पनीको भनाई छ । परदेशीको पीडा सँगै गाईकाको टाटु प्रर्दशन बाकी  गीत हेर्नुहोस्:

 
 
  
 

You may also like