जेठ २ सम्म हवाई उडान बन्द गर्ने उच्चस्तरीय समिति निर्णय

काठमाडौं । अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवा मे १५ (जेठ २ गते) सम्म स्थगित राख्ने निर्णय भएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो ।

सचिव विडारीले लकडाउन कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिए ।

 
 
  
 

You may also like