“लत एक एडिक्ट” युवापुस्ताको कथा ब्यथा बोकेको लघु फिल्म हो : निर्देशक परियार

by समतल अनलाइन

सुदिप गौतम/बुटवल- पछिल्लो समयका व्यस्त अनि जल्दाबल्दा युवा निर्देशक दिपक परियार ले निर्देशन गरेको लघु चलचित्र “लत एक एडिक्ट “को छायांकन सकिएको छ । चलचित्र एकदम राम्रो बनेको निर्देशक परियारले बताएका छन ।उक्त लघु चलचित्रमा युवाहरु लागु पदार्थ दुर्व्यसनीमा फस्दा समुदायमा परिवारमा पर्ने असर बारे चित्रण गर्न खोजेको उनको भनाई छ । लघु चलचित्रमा सबै कलाकार र प्राबिधिकले उत्तिकै मिहेनत गरेको उनको भनाई छ ।

उक्त लघु चलचित्रमा सपना परियार, लक्ष्मण कालिराज, नबिन परियार, बिष्णु पाण्डे, भुवन खडका बन्दना केसी , सुदिप गौतम, बिनोद सुनार र बिनय उदय लगायतका कलाकारहरु को अभिनय रहेको छ । चलचित्रको कथा सिड गौतम ले लेखेका हुन् भने निर्माता नबिन परियार हुन् ।चलचित्रको सम्पूर्ण छायाकन सकेर अहिले सम्पादनको काम भैरहेको छ । निर्देशक परियारले यो चलचित्र चाडै रिलिज गरिने र सबै दर्शकहरुले र विषेस गरी अभिभावकले एक पटक हेर्न पर्ने चलचित्र बनेको र सबैले हेरिदिन आग्रह गरेका छन । सम्पूर्ण युनिटलाई हाम्रो तर्फ देखि धेरै धेरै शुभकामना ।

 
 
  
 

You may also like