कोरोना संक्रमण २१ बर्षीय युवा सन्चो भएर घर फर्के

काठमाडौं । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण देखिएपछि अत्यास बढिरहेका बेला नेपालमा संक्रमितहरु निको भएर धमाधम घर फर्किने क्रम बढेपछि सन्त्रासबीच पनि सुखद खबरहरु बढिरहेका छन् ।

काठमाठौंको टेकु र बागलुङको धवलागिरी अस्पतालबाट एक–एक जना कोरोना संक्रमित उपचारपछि निको भएर हिजो (शनिबार) मात्र घर फर्किएका बेला आज (आइतबार) सेती प्रादेशिक अस्पतालले पनि सुखद खबर सार्वजनिक गरेको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्ने तयारी भएको छ । उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जानकारी गराएको छ ।

भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भइरहेको सेती अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले जानकारी दिएका छन् ।

यसअघि सेती प्रादेशिक अस्पतालमा पाँच जना संक्रमित बिरामीको उपचार भइरहेकामा लम्कीचुहाका २१ वर्षीय युवालाई सञ्चो भए पनि अन्य चार जना बाँकी छन् । अन्य संक्रमितका भने लगातार पोजेटिभ रिपोर्ट आइरहेको अस्पतालले जनाएको छ ।

 
 
  
 

You may also like