विभिन्न जिल्लाहरु वाट बुटवल आईपुगेका १सय ३० जना पैदल यात्रीको उद्धार

  • नारायण वली

बुटवल। दैनिक मजदुरीका लागि देशका विभिन्न पुर्वी जिल्लाहरुमा गएका मजदुरहरु लामो लकडाउनका कारण काम वन्द भएपछि ठेकेदार द्धारा उचित व्यवस्थापन नहुँदा खानपिन समस्या परेपछि अहिले उक्त मजदुरहरु सयौ किलोमिटर सडकमा हिँडेरै गृह जिल्ला जानेहरुको संख्यामा कमी आउन सकेको छैन् ।

कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई आत्मसाथ गर्दै, सरकारले गत चैत ११ गते देखि देशलाई लकडाउन गर्दै आएको छ । कोरोना भाईरस मानिस मानिस विचको संसर्ग वाट सर्ने भएकाले सरकारले कुनै औपचारि तथा अनौपचारि भेला तथा सम्मेलन नगर्न आग्रह गर्दै विद्यालय, होटल र व्यापारिक क्षेत्रहरुलाई यसअघि देखि नै वन्द गरिसकेको छ ।

 

लामो लकडाउनका कारण काम गर्ने उद्योगहरु वन्द भएपछि दैनिक मजदुरीका लागि गएका कामदारहरु काम विहिन हुन पुग्दा डेरामा खाने कुनैपनि खाद्यान्न नभएपछि वाध्य भएर हिँडरै भएपनि घर जान थालेको काठमाण्डौं वाट ४ दिनका बुटवल आईपुगेका दाङका डम्वर थापाले वताए ।

यसैविच शुक्रवार (आज) रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं.१३ वेलवास स्थित शान्ति चोक टोल वासीहरुको सक्रियता तथा तिनाउ एफ एम बुटवलको सहकार्यमा कैलाली, वर्दिया, सल्यान, दाङ र कपिलवस्तुका करिव १ सय ३० जना पैदल यात्रीहरुलाई खाना खुवाउनुको साथै सवारीसाधनको व्यवस्था गरी उद्धार गरिएको छ ।

यसैविच सडकमा मेस चलाएर खानाको समेत व्यवस्था गर्न बुटवल उप– महानगरपालिका वडा नं. १३ का समाजसेवी कर्ण वहादुर कुँवरको नेतृत्वमा बुटवल बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक पुर्ण वहादुर वोहरा, कौशल सापकोटा र विशाल मेडिको फार्माका सञ्चालक यम वहादुर गैरे लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like