संगीतकर्मी संघद्वारा समस्यामा परेका कलाकारलाई राहत वितरण

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि देश लकडाउनको अवस्थामा रहेको छ। यसरी लकडाउन हुँदा दैनिक ज्यालामा काम गर्ने र दुःख समस्या परेका कलाकारलाई राष्ट्रिय संगीतकर्मी संघले खाद्यान्न लगायतका सामग्री बितरण गरि संकटमा राहत दिने काम गरेको छ ।

यो सङकटको घडीमा सांगितीक क्षेत्रमा दैनिक काम गर्ने कलाकर्मिलाई काठमाडौंमा बस्दा खानाको कुनै समस्या नहोस् भनेर राष्ट्रिय संगीतकर्मी संघले बिपदमा परेका कलाकार र कलाकारका परिवारमा राहत बितरण गर्ने काम जारि राखेको राष्ट्रिय संगीतकर्मी सघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले बताए ।

उनका अनुसार अहिलेसम्म ४० भन्दा बढि विपन्न कलाकारलाई राहत वितरण गरिएको छ । उनले भने, यो संकटमा यसरी संस्थाले राहत वितरण गर्दा समस्यामा परि खान नपाउने कलाकारलाई केही राहत हुने भएकाले सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्छ ।

त्यस्तै राहत वितरणकै क्रममा बुधबार कौशलटार, नयाँबस्ती, जोरपाटी, थली नयाँ पाटी, गोठाटार, बानेश्वर गरी करिब तीन दर्जन कलाकर्मी र बिपन्न बर्गलाई राहत बितरण गरेको र अझै सम्पर्कमा आउने समस्यामा परेकालाई सहयोग गर्ने संघका उपाध्यक्ष अमृत खातीले जानकारी दिएका छन् ।

बुधबार राहत वितरणमा संस्थाका अध्यक्ष राजेन्द्रकुमार कार्की, महिला उपाध्यक्ष उमा श्रेष्ठ, उपाध्यक्ष अमृत खाती ,सुमी श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थित रहेको थियो । सो राहतको ब्यबस्थापन राष्ट्रिय संगीतकर्मी संघ ,मानवीय आस्था समुह , राजेन्द्र फास्ट फुड एसोसिएसनका महासचिव तथा संस्थाका आजीवन सदस्य होमराज श्रेष्ठले गरेका थिए ।

 
 
  
 

You may also like