तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा कोरोना राहत कोष तथा स्थानिय तहमा सहयोग

बुटवल । हाल विश्वव्यापी रुपमा फैलिंदै गएको कोरोना (कोभिड १९) महामारी व्यवस्थापन गर्न प्रदेश ५ सरकारकाे काेराेना उपचार तथा नियन्तरण काेषामा तिनाउ मिसन डेभलपमेण्ट बैंकले सहयाेग गरेकाे छ । बैंकले कोरोना उपचार तथा नियन्त्रण सम्वन्धी मुख्य मन्त्री राहत कोषमा रु १० लाख प्रदान गरेको हाे ।

उक्त रु १० लाखको चेक बैंकका अध्यक्ष टिकाराम घिमिरेले संचालक समिती सदस्य जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा र प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको उपस्थितीमा प्रदेश नं. ५ का माननीय मुख्यमन्त्री शंकर प्रसाद पोखरेल ज्युलाई हस्तान्तरण गरे ।

साथै, यस विकास बैंकको ५४ वटा शाखा कार्यालय रहेको स्थानका स्थानिय तहमा समेत रु १० लाख वरावरको राहत सामाग्री समेत वितरण गरेको छ । उक्त राहत रकम एवं सामाग्री वितरणको लागि बैंकका सम्पुर्ण कर्मचारीहरुले १ दिनको पारिश्रमिक योगदान गरेका छन् र बैंकले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने कोषबाट योगदान गरेकोछ ।

 
 
  
 

You may also like