खाने होइन प्रहरी जागिर ? ३ हजार ८ सय ३१ पदमा खुल्यो दर्खास्त

by समतल अनलाइन

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीले विभिन्न तहमा गरी ३ हजार ८ सय ३१ पदसंख्यामा नयाँ भर्नाको दरखास्त आह्वान गरेको छ । आज प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको हो ।

ती पदमा आगामी ९ भदौदेखि १३ असोजसम्म देशका विभिन्न १२ स्थानबाट आवेदन दिन सकिने जनाइएको छ ।

प्रहरीले सबैभन्दा बढी जवानपदमा भर्ना आह्वान गरेको छ । प्रहरीका अनुसार ३ हजार ५ सय ९६ जना जवानपदमा मागिएको छ, जसमा १ हजार ९३८ खुल्ला, प्रहरीका सहिद परिवारलाई ७२, आदिवासी जनजातिलाई ५०७, मधेशीलाई ४४४, महिलालाई ३१७, दलितलाई २३८ र पछाडि परिएको क्षेत्रलाई ८० जनाको कोटा छुट्याइएको छ । त्यसैगरी प्रहरीले १८० जना भान्से मागेको छ ।

हजाम १०, कुचिकार २० र खेलाडी २५ जना मागेको छ । ति पदमा महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सात वटै प्रदेशका प्रहरी तालिम केन्द्रबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी देशभरका जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाटसमेत आवेदन दिन सकिने जनाइएको छ ।

हेर्नुस सुचना :

 
 
  
 

You may also like