नाना थरी स्टाटसको जवाफ दिन जरुरी छैन

  • कृष्ण कुमाल

संसार यतिबेला महाविपत्तिको सामना गरिरहेको छ । आवश्यकताको सिद्धान्त अनुसार पनि धेरै आवश्यकतामध्ये पहिलो आवश्यकतालाई प्राथमिकता दिनु पर्ने हुन्छ । यसैले नेपाल सरकार जनताको असंख्य जनचाहना, जनताको सयौं आवश्यकताको बिचबाट सबैभन्दा पहिलो नम्बरको आवश्यकता कोराना विरुद्धको लडाइमा होमिएको छ यतिबेला ।

संकटको घडीमा विश्वका सम्पन्नशाली र सुविधासम्पन्न देशहरु नै त्रसित भएको अस्थामा हाम्रो नेपालमा सरकारले भ्याएसम्म, सकेसम्म गरिराखेको छ । यतिबेला सरकारको प्राथमिकता विश्व नै तहस नहस बनाउने गरी फैलिएको महामारी नियन्त्रणमा काम गर्नु हो । सरकारको उक्त कदम सरकारका प्रधानमन्त्री, मन्त्री वा सरकारी निकायले मात्रै गरेर पार लगाउन सम्भब हुदैंन । त्यसको लागि जनता र सरकार एक भएर लाग्नु पर्दछ ।
माहामारीको समयमा सबै नेपालीहरु एकजुट भएर समस्याको समाधान गर्ने पो हो, सरकारले गरेको निर्णयको पालना गर्ने हो बल्ल यो माहामरी सङ्ग हामी वच्न सक्छौ ।

विश्वको शक्तिशाली देश भनिने अमेरिका, विकसित देश इटाली,स्पेन, बेलायत लगाएतका देशहरू हरेस खाएको अवस्थामा हाम्रो जस्तो विकाशील देशल गरेका तयारी स्वतन्त्र आखांले हेर्ने र निष्पक्ष दिमागले विश्लेषण गर्ने हो भने प्रशंसा योग्य छ । तर बिडम्बना यतिबेला कांग्रेसलाई मध्यावधि निर्वाचन चाहिएको छ । सहमतिय सरकार चाहिएको छ । नकारत्मक चिन्तन बोकेकाहरु यतिबेला देशमा अझैसम्म कोरोना विरुद्ध एकता र प्रतिबद्धता सहित काम गर्नुको साटो सरकारको कसरी हुर्मत लिने भनेर गठबन्धन गर्नु कत्तिको उपयुक्त हो । के यो सरकारको आलोचना गर्ने समय हो ? हामीले न ईतिहांसको विश्लेषण गर्न सकिरहेका छौं नत अर्को देशले कसरी विपत्तिको सामना गरेका छ भनेर राम्रा पक्षलाई अनुसरण गरेका छौं । महाविपत्ति र महासंकटको बेला न त विपक्षि भन्ने नै हुदैंन । सबै सरकार पक्षीय हुन्छ । सबै राष्ट्रपक्षिय हुन्छ ।

यतिबेला सरकारले गरेको निर्णय र आदेश मान्नु नै हामीले कोरोनाको उपचार प्रारम्भ हुनु हो । यदि सरकारी आदेश नमानि लखर लखर सडकमा जाने, जे पायो त्यहि गर्ने , लकडाउनको उल्घंन गर्ने काम गर्नु भनेको कोरोलाई निम्ता दिनु सरह हो । हामीले कोरोनाको उद्भब भएको देश चिनबाट धेरै कुरा सिक्न सक्छौं । त्यहां छोटो समयमा किन नियन्त्रण गर्न सकियो भन्ने कुरा बुझ्न जरुरी छ । चिनमा सरकारले गरेको निर्णयलाई त्यहाका जनताले सम्यममित तरिकाले पालना गर्नु नै उपलब्धीको मूल कारक हो । त्यहांका जनतामा भएको अनुशासन र सरकारी निर्णयको पालनाले नै चिनमा कोरोना नियन्त्रणमा रहयो । इटलीका जनताले प्रजातन्त्रको दुहाई दिदैं सरकारी लकडाउनको उल्घंन गरे । फ्रान्सिस, स्पेनिज, बेलायतीहरुले मानव अधिकारको तर्क गदै सरकारी नियम मानेनन । अमेरिकाले त चिनीया भाईरस भन्दै मजाक उडायो जसको कारण आज ती देशमा कोभिड १९ को केन्द्र स्थापीत भईरहेका छन् । विश्वमा शक्तिसाली र सम्पन्नसाली देशहरुमा दैनिक हजार भन्दा बढी मानिसहरु कोरोनाको कारण ज्यान गुमाईरहेका छन् । उनीहरुले संयता अपनाउदैं शुरु देखि नै लकडाउनमा बसेको भए अहिले त्यो अवस्था आउने थिएन । यसैले हामीले कुनै पनि हालतमा, कुनै पनि तर्कको आधारमा, कुनै पनि बहानामा लकडाउनको उल्घंन गर्नु हुदैन । सरकारी निर्णयलाई जस्ताको तस्तै स्वीकार गर्नु पर्दछ ।

सरकार यतिबेला जनताकै लागि क्रियाशिल छ । तपाई हामीलाई घरभित्रै बस्नुस्, भोकै मर्नुपर्दैन । हामी सबै व्यवस्था गछौं भनेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बारम्बार भनिरहनु भएको छ । मन्त्रीहरु दिनरात नभनि अस्पताल व्यवस्थापनमा खटिनु भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारमा रहको सरकारका प्रतिनिधी जनताको खातिर खतरालाई मोल्दै जनताको लागि काम गरिरहनु भएको छ । स्वास्थय क्षेत्रका स्वास्थ्यकर्मिहरु हाम्रै लागि अस्पतालमा हुनुहुन्छ । सुरक्षा निकायका अधिकारी तथा सुरक्षाकर्मिहरु त्यसैगरी लाग्नु भएको छ । मिडियाका साथीहरु सहि र सत्य सूचना संप्रेषण गरेर जनतामा आत्मबल बढाउने कोशिस गरिरहनु भएको छ । यस्तो अवस्थामा सबैको सहकार्य र सहयोग भएमा सरकारलाई काम गर्न सहज हुन्छ । यतिबेला सरकारले राम्रो काम गरेर जस लिउंला भनेर आत्तिनेहरु पनि छन् । सानो चित्त भएका मानवताहिन भावना बोकेकाहरुले महाविपत्तिको बेला कसले जस पाउने र कसले फल पाउने भनेर सोच्ने गर्दछन् ।

सरकारले अत्यावश्यक मेडिकल सामग्री किन्दा पनि यो अवस्थामा सबै प्रक्रिया पुराएर गरेका छन । हामीले विश्व परिवेशलाई पनि नियाल्नु पर्दछ । अमेरिकाले जर्मनीकोलागि लैजादै गरेको मास्क आफ्ना जनताकोलागि खोसेर लग्यो । त्यहांको स्वास्थ्य मन्त्रीले चल्तीको दर भन्दा चार गुणा बढीमा स्वास्थ्य सामग्री खरिद गरे । त्यो किन गरेत, जनताको लागि ।

तर हाम्रो मुलुकमा जनताकोलागि काम गर्दा पनि आलोचना । यतिबेला कमिसन खायो भनेर जो हल्ला गरिरहेका छन् । तिनीहरुको पृष्ठभूमि केलाऊ न एक पटक । कमिसन खाइरहेका मानिसले खान नपाएर हल्ला फैलाएका छन तिनैका पछि लागिरहेका छन । प्रतिपक्षीहरुका ब्वासाहरु तिनीहरुलाई देख्दा मलाई बिचरा भन्न मन लाग्छ । किनकि अहिलेको अवस्था फुटेर हैन जुटेर देशलाई, देशबासिलाई बचाउने र आफू तथा अरुलाई बचाउने हो । यस्तो बेलामा नानाथरी स्टाटस हाल्दै सरकारको विरोध गर्नुको अर्थ छैन । नानाथरी स्टाटस हाल्ने ब्वासाहरुले एक पटक सोचं त तिमिहरुले देश र जनताकोलागि यो विपत्तिमा के गरिरहेका छौं । यो देश तिमिहरुको पनि हो नि । तिमिीहरुको दायित्व छैन । कि विरोध गर्ने मात्रै कर्तव्य हो ।

धन्न अझैसम्म कोरोनाले मृत्यु भएको छैन बिकसित देशमा जस्तो प्रयाप्त मेडिकल सामाग्री नहुदापनी त्यो कुराको हेक्का छ कि नाई ब्वासा हरुलाई । अनि हाम्रो देशमा मात्रै हैन अरु देशमा पनि कोरोना का बिरामिको लागि छुट्टै अस्पताल बनाएको त्यो थाहा छ कि छैन ब्वासाहरुलाई ? हो यो कोरोना भाइरसको मेडिकल टेस्ट गर्ने कीट विश्व बजारमा नै अभाव छ तर पनि गर्दै छ सरकारले सबै प्रदेशमा बनाउदै छ प्रयोगशाला ल्याब,अझ ५ न प्रदेशमा त ३ ठाउँमा भैरहवा, नेपालगन्ज ,दाङ्गमा ।

अनि भन्ने बितिकै बनाइहाल्ने यो हाम्रो देश चिन हैन। चिनमा पो सबै त्यही बन्छ सबै सामाग्री उपलब्ध छ अनि अर्को कुरा चिनमा ७ दिनमा बनाएको अस्पताल नेपालमा त्यहीको जस्तै काम मेडिकल सामाग्री ल्याउनको लागि काम गर्दा प्रतिपक्ष दलका गन्नेमान्ने,पत्रुकारहरुले भन्छन कमिसन खायो? अनि प्रमाण दिन सक्दैनन् ।

बुटवल धागो काराखाना अस्थायी कोरोना अस्पतालमा त्यहा उपचार गर्ने डाक्टर, नर्सहरुले आफुलाई जोखिममोलेर काम गरेर बिरामी सन्चो भएर डिस्चार्ज भएका पनि छन चेतना छ कि नाई ती ब्वासाहरुलाई ? अनि सरकारका मन्त्रीहरु, साम्सदहरु, मेयर, अस्पताल ब्यवस्थापनका अध्यक्ष,स्वास्थ क्षेत्रमा लागेका प्रबुद्ध ब्यक्तिहरु नियमित औसधि खाईरहेको हुदा पनि आफ्नो ज्यानको भन्दा जनता प्रती स्वास्थ्यको चिन्ताले गर्दा दिनरात नभनी क्वारेन्टाइन, आइसुलेसन राखेको स्थानमा गएर अवलोकन गर्नुहुदै गम्भीर रुपले देशबासी प्रती बफदार भइ खटिरहनु भएको छ । त्यो खै बुझेको ब्वासाहरुले ? अनि नेपालको खरिद बिक्रि नियम पनि पालना गर्नुपर्ने, अनि यस्तो विषम परिस्थितिमा फास्ट ट्र्याक बाट काम गर्दा अख्तियारमा उजुरी पनि हाल्ने, र यस्तो अवस्थामा चाडो काम गर्दा पनि घुस, कमिसन खायो भन्नी अनि अनि नियम पालना गरि केही ढिलो हुदा सरकारले केही गरेन भन्नी यो बुझेछन कि नाई तिनिहरु नानाथरी स्टाटस हाल्ने ब्वासाहरुले ।

त्यसैले यो विषम परिस्थितिमा सबै फुटेर हैन जुटेर देश बासी जनतालाई जोगाउन र बचाउन तिर लागौ । हामी यतिबेला कोभिड १९ विरुद्धको युद्धमा छौं । सबै मिलेर यो युद्ध जितौं । अनि यो सकंटबाट पार लागेपछि फेरि राजनीतिको गफ गरौला । अहिले राजनीति नगरौं । यतिबेला देशले जनताले तपाईहरुको सकारात्मक सहयोग खोजिरहेको छ । त्यसतर्फ केन्द्रित होऔं । हावाहुरीको कुरा नगरौं, सत्यताको तथ्यांकलाई केलाएर त्यसको प्रचार प्रसार गर्दै अगाडी बढ्न पनि म मिडीयाकर्मिहरु समक्ष अनुरोध गर्दै यो महासंकट छिट्टै पार लगाउने कार्यमा हातेमालो गरेर अगाडी बढौं ।

(लेखक:प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीका स्वकिय सचिव हुनुहुन्छ ।)

 
 
  
 

You may also like