देशमा लकडाउन, परदेशमा श्रीमान, घरमा अत्यधिक रक्तश्रावले गर्भवतीको मृत्यु

अर्घाखाँची ।सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए ।

उनका तीन छोरी रहेका छन् । हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।

  • मनोरन्जनको लागि यो भिडियो हेरौ :

 

 
 
  
 

You may also like