राष्ट्रिय संगीतकर्मी संघ द्वारा खाद्यान्न वितरण

काठमाण्डौँ । राष्ट्रिय संगीतकर्मी संघले लकडाउनमा बिपदमा परेकालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्ने काम जारी राखेको छ।यसैक्रममा आज सस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की , सचिबालय सदस्य राज कुमार हुमागाइ , रजती मार्टका प्रोपाइटर निर्देशक राजेश तिमिल्सिना प्रदेश नम्बर ३ का महासचिव राम कुमार पौडेल,नबलपरासी जिल्ला सदस्य गोपाल तिवारी र राजेश सिग्देल लगाएतको उपस्थितिमा चामल दाल चिउरा ग्यास दाल नुन तेल दालमोठ लगाएतको खाद्यान्न सामानहरु बितरण गरिएको छ ।

स्नेहा बालगृहका संचालक इकुलाई बालगृह मुलपानीमा पुगेर हस्तान्तरण छ। स्नेहा बालगृहका संचालक सुलेमान संकर (इकु)लाई बालगृह मुलपानीमा पुगेर हस्तान्तरण गरिएको अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताए ।सामाग्रीको ब्यबस्थापन सस्थाका आजिबन सदस्य राजेश तिमिल्सिना नबलपरासी जिल्ला अध्यक्ष राधा तिवारीको आर्टी मार्ट र राष्ट्रिय संगीतकर्मी संघ केन्द्रले गरेको थियो।राष्ट्रिय संगीतकर्मी संघले राहात बाड्ने कार्यलाई तिब्रता दिदै आएको छ ।

 

 
 
  
 

You may also like