मुसिकोट १ अरेवाको क्लवले घरघरमा सचेनतासंगै मास्क बाड्दै

हरि पाठक
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं.१ अरेवामा स्थापना गरिएको अनुरोध प्रगतीशील युवा क्लवले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)को सक्रंमण हुनबाट बच्न गाउँका ट‍ोलटोलमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको छ ।

क्लवले बैदेशिक रोजगार भारत र अन्य तेस्रो मूलुकबाट वडा तथा गाउँमा फर्किएका व्यक्तिहरुलाई स्वास्थ्यमा समस्या अाउन सक्ने भन्दै उच्च निगरानीमा राखेर उनीहरुलाई १४ दिनसम्म अनिवार्य होमक्वारेन्टिनमा बस्न आग्रह गर्दै गाउँका घरघर टोलटोलमा पुगेर सचेतना बाड्दै मास्क वितरण गरेको हो ।

गाउँमा मास्कको माग बढ्दै गईरहेको अवस्थामा अभाव सिर्जना हुन नदिन मास्कको उत्पादन गर्ने काम पनि चलिरहेको बताउँदै अहिलेसम्म झण्डै ५ सय ३७ थान मास्क वितरण गरेको र शुक्रबार पनि जनचेतनासँगै केही थान मास्क बितरण गर्ने कामलाई तीब्रता दिइने साथै अाबश्यक परेको समयमा जतिबेला पनि बितरण गर्ने क्लबका अध्यक्ष मृगेन्द्र हितानले बताउनुभयो।

नागरिककै सुरक्षाका लागि सरकारले लकडाउन जारी गरेको भन्दै यस्को पूर्णरुपमा पालना गर्न र नगरपालिका तथा वडालेे जारी गरेका सूूूूचनालाई पनि लागु गर्न सम्पूर्ण गाउबासीलाई उच्च सजक्ता अपनाउन क्लवले अाग्रह गरेको छ।

विश्वभर नै यो महामारीको संकटबाट वच्न क्लवको तर्फबाट के गर्न सकिन्छ भन्ने बिषयमा बैठक बसी अरेवा गाउँको टोलटोलमा पुगेर गाउबासीलाई कोरोना भाईरसका लक्षण यसबाट बच्ने उपाय र अपनाउनुपर्ने पूर्व सतर्कताका विषयमा जानकारी गराउनुका साथै मास्क समेत वितरण गर्नुु पर्दछ भन्ने सकरात्मक भाब जगाउदै क्लवले चैत्र १७ गते निर्णय गरेअनुसार अरेवाका १५ स्थानबाट सचेतनासंगै मास्क बितरण गरेको हो।

यसैबिच मुसिकोट वडा नं.१ले वडाभित्रका बिपन्न नागरिक तथा परिबारका लागि राहत बितरण गर्नको लागि शुक्रबार बिपद ब्यबस्थापन समतिको बैठक बस्दैछ। बठकको निर्णयअनुसार राहतस्वरूप खाद्यान्न लगायतका सामाग्री बितरण गरिने वडा अध्यक्ष पूर्णबहादुर हितान मगरले जानकारी दिनुभयो। यसअघि नै वडाले भारत तथा तेस्रो मूलुकबाट अाउने ३५ जना ब्यक्तिको बिबरण संकलन गरिसकेको र अरेवा, पौदी अमराई गरी २ जनालाई परिबारबाट छुट्टै क्वारेन्टाइनमा राखिएको बताउनुभयो।अन्य सबै परिबारसंगै होमक्वारेन्टिनमा रहेको उनिहरूलाई स्वास्थ्यमा कोरोना भाइरस सम्बन्धि केही लक्षण वा समस्या देखा परे तत्काल स्वास्थ्यसंस्था तथा वडामा जानकारी गराउन र उच्च सतर्कता अपनाउन समेत वडाबासीमा अाग्रह गर्नुभयो।

 
 
  
 

You may also like