शुद्धोधन जेसिजद्वारा कोरोना किटनाषक ब्लिचिङ वितरण

अर्जुन खत्री
फर्साटिकर। शुद्धोधन जेसिजले रुपन्देहीको शुद्धोधन गाउपालिकाको सातैवडामा कोरोना भाइरस किटनाषक ब्लिचिङ वितरण गरेको छ।

 

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसलाई शुद्धोधन गाउँपालिकामा रोकथाम तथा नियन्त्रण गर्नका लागि ब्लिचिङ २५ किलोको दरले सातै वडामा वितरण गरिएको छ।
वितरण कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले कोरोना भाइरसको महामारीको समयमा शुद्धोधन जेसिजले कोरोना रोकथामका लागि कोरिना भाइरस किटनाषक औषधी वितरण गरेर सह्रानिय काम गरेको बताउदै धन्यवाद व्यक्त गर्नुभयो ।

शुद्धोधन जेसिज सस्थापक अध्यक्ष रमेश खनाल र शुद्धोधन जेसिज २०२० अध्यक्ष चुरामणी डुम्रेले आफुहरुले कोरोना नियन्त्रणका लागि गाउपालिका सङ्ग समन्वय गर्दै ब्लिचिङ बितरण गरेकाले पनि अब छिट्टै प्रत्येक टोलविकास सस्थामार्फत किटनाषक औषधी स्पे गरिने जानकारी दिनुभयो ।कार्यक्रममा गाउपालिका प्रवक्ता एंव वडा न :४ का वडाअध्यक्ष राजेन्द्र कडेल, वडा सदस्यहरु,स्वास्थ्यकर्मीहरु र जेसिजका पदाधिकारीको उपस्थिति रहेको थियोे ।

 
 
  
 

You may also like