देवदहकाे विपद् व्यवस्थापन काेषमा सहयाेग जुट्दै

देवदह । नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन राहत कोषमा विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाईरस संक्रमण रोकथाम व्यवस्थापनको लागि नगरपालिकाले विपद् व्यवस्थापन राहत कोष स्थापना गरेको थयिो । नगरपालिकाले एक करोडको विपदु व्यवस्थापन राहत कोष स्थापना गरेको नगरप्रमुख हिराबहादुर खत्रीले बताए ।

उक्त राहत कोषमा देवदह नगरपालिकाका ६५ जना जनप्रतिनिधिले एक महिनाको तलब÷सुविधा उक्त कोषमा राख्ने निर्णय गरेको छ । उक्त विपद् व्यवस्थापन राहत कोषमा देवदह क्षेत्रमा रहेका विभिन्न संघसंस्थाले सहयोग गरिरहेको देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताए ।

नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन राहत कोषमा देवदह–१० मा रहेको आत्मरक्षा बचत तथा ऋण सहकारी संस्थाले २५ हजार १ सय २५ रुपैया प्रदान गरेको छ । संस्थाका अध्यक्ष लेटबहादुर पुनले नगर प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी लक्ष्मीलाई उक्त राहत रकम प्रदान गरेका हुन् । विश्वभर कोरोनाको महामारी रुपमा फैलिरहको अवस्थामा केही भएपनि राहत पुग्ने हुनाले आफुहरुले नगरपालिकाले स्थापना गरेको विपद् व्यवसथापन राहत कोषमा जम्मा हुने गरी उक्त रकम नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पुनले बताए ।

यसैगरी देवदह नगरपालिका–१०, मा रहेको सिद्धेश्वर महादेव मन्दिर सेवा समितिले पनि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन राहत कोषको लागि रकम प्रदान गरेको छ । समितिले २५ हजार ५ सय ५५ रुपैया नगर प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरेको छ । यसैगरी राष्ट्रिय कलाकार तेजु अर्यालले पनि देवदह नगरपालिका स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग गर्नु भएको छ । देवदह व्यापार संघका द्धितिय उपाध्यक्ष समेत रहेका भएका कालाकार अर्यालले विपद् व्यवस्थापन कोषमा १५ हजार रुपैया प्रदान गरेका छन् । अहिले कोरोना भाईरस विश्वमा महामारीको रुपमा फैलिरहेको छ । कोराना भाईरस संक्रमण रोक्नको लागि आफुले सहयोग गरेको अर्यालले बताउनु भयो । सवैले आ–आफनो क्षमता अनुसारको सहयोग गर्ने हो भने, यो स्वास्थ्य विपतिको अवस्थामा केही राहत पुग्ने राष्ट्रिय कलाकार अर्यालले बताए ।

 
 
  
 

You may also like