सामान मात्रै आयात-निर्यात गर्ने गरी चिनियाँ नाका खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सामान मात्रै आयात निर्याता गर्ने गरी चिनतर्फका दुई खुलाउने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले माघ १५ चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो ।

कोरोनाभाइरसको महामारी फैलिएपछि सरकारले गत माघ १५ गतेदेखि चिनियाँ नाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय नाका बन्द भएसँगै सरकारले आयात निर्याता गर्ने गरी चीन तर्फको नाका खुलाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरिएको हो । यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्नेछ ।

 
 
  
 

You may also like