आफ्नो टोलभन्दा वाहिरको व्यक्तिलाई आउनवाट रोकौंः मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले टोलभन्दा बाहिरका व्यक्तिहरुलाई आवतजावत गर्नबाट रोक्न स्थानिय टोल विकास संस्थाहरुलाई आग्रह गरेका छन् ।
शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानिय सुरक्षा निकायको सहयोग लिई आफ्नो टोलभन्दा वाहिरको व्यक्तिलाई आउनवाट रोक्न उनले आह्वान गरेको हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मुख्यन्त्री पोखरेल लेख्छन्,‘टोलका वासिन्दाहरु पनि वाहिर नजाऔं ।’
उनले खाद्यान्न र तरकारीको टोलकै पसलहरुमा व्यवस्था मिलाउन पनि आग्रह गर्दै उनि लेख्छन्,‘कोरोना भाइरसवाट जोगिन सामाजिक र व्यक्तिगत दुरीलाई निरन्तर कायम राखौं । अत्यावश्यक कामका लागि वाहिर जानु नै परेमा स्थानिय सुरक्षा निकायको अनुमती लिएर मात्र जाऔं ।’

 
 
  
 

You may also like