सनी लियोनी नेपाल आउँदै, यस्तो छ कार्यक्रम

by समतल अनलाइन

काठमाडौं। बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदैछिन् । नेपाली फिल्म ‘पासवर्ड’को प्रमोसनको लागि उनी नेपाल आउन लागेकी हुन् । यो फिल्ममा सनीले एउटा आइटम गीतमा डान्स गरेकी छिन् । यो गीतको लागि सनीले ३ करोड लिएको बताइएको छ ।

यो फिल्म यही भदौ २७ गते प्रदर्शनमा आउँदैछ । फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सनी नेपाल आउने पक्का भएको छ । मंगलबार साँझ एक भिडियो सन्देशमार्फत् उनले आफू फिल्मको प्रिमियरमा सहभागी हुन सेप्टेम्बर ११ मा नेपाल आउन लागेको जानकारी दिएकी छन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ ।

 
 
  
 

You may also like