शुद्धोधनको यज्ञोदय क्याम्पसमा क्वारेन्टाइन निर्माण ( फोटो फिचर )

अर्जुन खत्री
फर्साटिकर। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि रुपन्देहीको शुद्धोधन गाउपालिकाले वडा न ३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गरेको छ।

मंगलबार गाउपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितीको बैठकले शुद्धोधन गाउपालिका भित्र यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा क्वारेन्टाइन र मोतिपुर प्राथमिक स्वास्थ्य चौकीमा आइसुलेसन निर्माण गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार वडा न ३,४ का वडाअध्यक्ष राजेन्द्र कडेल र हेम बहादुर खड्काको सक्रियता र यज्ञोदय बहुमुखी क्याम्पसमा रहेको ब्यवस्थापन समिति, स्ववियुलगायतको सहयोगमा क्वारेन्टाइन आजै निर्माण गरिएको हो।

कोभिड १९ को आशंका गरिएका ब्यक्तिहरुलाइ राख्न तिनवटा कक्षाकोठाभित्र १३ वटा बेड तयार गरिएका छन् भने स्वास्थकर्मी र शुरक्षाकर्मीका लागि छुट्टै कोठा तयार गरिएको छ। अब शुद्धोधन गाउपालिकाका भित्र कुनै कोरोनाको आशंका लागेका ब्यक्तिहरु फेला पारेमा क्वारेन्टाइन तयारी अवस्थामा रहेको शुद्धोधन गाउपालिका प्रबक्ता एंव वडा न:४ का वडाअध्यक्ष राजेन्द्र कडेलले जानकारी दिनुभयो। गाउपालिका भित्र ३५ जना स्वास्थ्यकर्मी रहेकोमा पालैपालो क्वारेन्टाइनमा खटिने र शुरक्षाकर्मीहरु पनि आवश्यकता अनुसार खटाइने प्रवक्ता कडेलले बताउनुभयो ।

यस्तै आइसुलेसन निर्माण कार्य पनि तिब्र रुपमा भैरहेको र प्रदेश सरकार सङ्ग समन्वय गरि ३/४ दिन भित्र निर्माण कार्य सम्पन्न हुने वडा न: ३ का वडाअध्यक्ष हेमबहादुर खड्काले जानकारी दिनुभयो ।

फोटो फिचर 


 
 
  
 

You may also like