मुलुक पहिलोपल्ट हवाई सम्पर्कविहीन

काठमाडौं। आज (मंगलबार) एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ ।विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरुप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार राजधानीमा बसेको कोरोना रोकथाप उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको यस्तो निर्णयसँगै अब नेपाल अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएको ६ दशकपछि पहिलो पटक अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन भएको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like