प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् ।

१२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ ।

‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए ।

 
 
  
 

You may also like