आज (मंगलवार) कहाँको मौसम कस्तो ?

by समतल अनलाइन

काठमाडौं, ३ भदौ । देशका अधिकांश क्षेत्रमा हाल आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिनभर देशभरको मौसम सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

केही स्थानमा चट्याङ्ग पर्ने सम्भावना पनि छ ।

राति पनि देशभरको मौसम सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

केही स्थानमा चट्याङ्ग पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा राति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

 
 
  
 

You may also like