आर्सनलका प्रशिक्षक मिकेललाई कोरोना, प्रशिक्षण क्याम्प बन्द

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित भएका छन् ।

मिकेललाई स्वास्थ्य परिक्षणका क्रममा कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । मिकेललाई कोरोनाको लक्षण देखिएपछि शनिबार हुने आर्सनल र ब्राईटनबीचको खेल स्थगित गरिएको छ । आर्सनलले प्रशिक्षण क्याम्प समेत बन्द गरेको छ । कोरोनाको संक्रमण देखिएको प्रशिक्षक मिकेलले यो आफ्ना लागि निराशाजनक क्षण भएको बताएका छन् । ‘मैले निकै गलेको महसुस भएपछि परिक्षण गरेको थिएँ ।

उपचारपछि जति सक्दो काममा फर्कने प्रयास गर्नेछु,’ ३७ बर्षीय मिकेलले भनेका छन् । आर्सनलले कोरोनाको शंका लागेका र मिकेलसँग सम्पर्क भएका अन्य ब्यक्तिलाई पनि स्वास्थ्य परिक्षण प्रक्रिया अगाडि बढाएको छ ।

कोरोनाको सन्त्रास र पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले क्लबहरुको आकस्मिक बैठक समेत बोलाएको छ । बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको बिषयमा निर्णय गर्ने बताइएको छ । एजेन्सी

 

 
 
  
 

You may also like