पाल्पाको गङ्गा माविमा पूर्व बिद्यार्थी समूहदवारा ट्याक सुट वितरण

हरि पाठक
पाल्पा। विद्यार्थीकै सारथी बिद्यार्थी नै बन्दै भन्ने उद्धेश्य बोकेर पाल्पाको रैनादेबी छहरा २ तान्सिङ्गल स्थित गंगा माध्यमिक बिद्यालयमा पूर्व बिद्यार्थी समूहदवारा ट्याक सुट वितरण गरिएको छ ।

रैनादेबी छहरा २ सोमादी तान्सिङ्गलमा रहेको गंगा माविका विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बीच पूर्व बिद्यार्थी समूह गङ्गा माविले ट्याक सुट वितरण गरेको हो ।
विद्यालयबाट टाढा नहौन् शिक्षामा समाहित हौन भन्ने उद्येश्य राखेर कक्षा ६ देखि ९ सम्म अध्यनरत ६९ जना विद्यार्थीलाई हौसला प्रदान गर्दै कपडा)ट्राक सुट वितरण गरेको छ ।

वितरण कार्यक्रममा कार्यक्रमका संयोजक तथा पूर्व बिद्यार्थी माधब भण्डारीको अध्यक्षता, वडा नम्बर २ का वडा अध्यक्ष जिबनाथ पोखरेलको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति तथा वडा अध्यक्ष पोखरेलले पूर्व विद्यार्थीले बिद्यार्थीलाई देखाएको माया र बढाएको हौसला प्रति खुसि लागेको बताउदै धन्यवाद सहित पूर्व विद्यार्थीको समूह प्रति सहानुभूति तथा शुभाकामना प्रकट गर्नुभयो ।

अध्यक्ष माधब भण्डारीले आगामी दिनमा पनि विद्यार्थीलाई पढाइ क्षेत्रमा हौसला बढाउदै यस्तै अन्य कार्यक्रमहरु ल्याउने र समाजमा सकारात्मक संदेश दिने कार्य गर्दै जाने प्रतिबद्ता जनाउदै यस कार्यक्रमलाई सहयोग गर्नुहुने सहयोगी मनहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मोहनिलाला पोखरेलले पूर्व विद्यार्थीको समुहले बिद्यालय प्रति गरेको सहयोग प्रति धन्यवाद दिनुभएको छ ।
कार्यक्रममा पूर्व बिद्यार्थी, शिक्षा संग सरोकार राख्ने व्यक्तित्व,समाजसेबी, बुद्धिजिबी लगायतको उपस्थी रहेको थियो ।पूर्व बिद्यार्थी माधब घर्तिको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सोहि विद्यालयका शिक्षक माधब केसीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like