प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, नयाँले शुरू गर्‍यो काम

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको र त्यो सफल भएको चिकित्सकहरुले जानकारी गराएका छन् ।

नयाँ किड्नीले काम गर्न पनि थालिसकेको चिकित्सकले बताएका छन् । अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) विहान ९ बजेदेखि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण थालिएको थियो ।

प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षभित्र लगिएको थियो । प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

यसअघि उनको भारतको एपोलो अस्पतालमा पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको शल्यक्रिया भइरहँदा बाहिर उनको स्वास्थ्य लाभको कामना गर्दै नेता, कार्यकर्ता र शुभेच्छुकको भीड लागेको थियो ।

 
 
  
 

You may also like